दफा ४५
दण्ड सजाय
(१) देहायको कसूर गर्ने व्यक्तिलाई “नेपाल सरकार वा प्रदेश सरकार”ले देहाय बमोजिम सजायँ गर्न सक्नेछ ।
(क)दफा ३९ बमोजिम इजाजतपत्र प्राप्त नगरी पथ प्रदर्शकको काम गरेमा चार हजार रूपैयाँसम्म जरिवाना, वा(ख)दफा ४१ बमोजिम इजाजतपत्र नवीकरण नगरीपथ प्रदर्शकको काम चालु राखेमा दुई हजार रूपैयाँसम्म जरिवाना ।
(२) उपदफा(१) बमोजिम लेखिएदेखि बाहेक कुनै पथ प्रदर्शकले यो ऐन वा यस ऐन अन्तर्गत जारी भएको नियम वा आदेशको पालना नगरेमा नेपाल सरकारलेएक हजार रूपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।(३) यस दफा बमोजिम नेपाल सरकारले दिएको आदेशमा चित्त नबुझ्ने व्यक्तिले पैतीस दिनभित्र उच्चअदालत bसमक्ष उजूर गर्न सक्नेछ ।